स्थानीय तह सदस्य निर्वाचन ०७९ हुनु ७२ घण्टा पूर्व वैशाख २७ गते मध्य रातदेखि मौन अवधि सुरू हुँदैछ ।
निर्वाचन आयोगले ०७८ चैत २५ गतेदेखि लागू हुने गरी आचारसंहिता जारी गरेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता प्रदेश १ मा चुनाव मिति नजिकिएसँगै उल्लङ्घन भएको पाइएको छ ।
निर्वाचन आचारसंहिता ०७८ को दफा १२ को ९ ङ मा उम्मेदवारको कार्यालयमा ३×३ फिटको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने, बालबालिकाको प्रयोग गर्न नहुने, तोकिएका भन्दा ठूलो साइजका झण्डा, चुनावी प्रचारप्रसारका क्रममा दुई ओटा सवारी साधनको प्रयोग, दलका चुनाव चिन्हृ अङ्कित भेष्टलगायतका सामाग्री उत्पादन, वितरण तथा प्रचारप्रसार आचारसंहिता विपरित भने पनि प्रदेश १ मा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।

























