निर्वाचनको प्रचार/प्रसारका क्रममा राजनीतिक दलद्वारा निर्वाचन आचार संहिता विपरीत राखिएका झण्डा, तुल, ब्यानर तथा निर्वाचन चिह्न लगायतका ध्वजाहरू प्रहरी लगाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले ०७९ वैशाख २६ गतेदेखि हटाउन सुरु गरेको छ ।
जिल्लाका मुख्य बजारहरु तथा सडकका आसपासमा ठूला ठूला झण्डा, तुल, ब्यानर, भित्ते लेखन जस्ता निर्वाचन आचार संहिता विपरीतका गतिविधि हुँदै आएको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएपछि हटाउन सुुरु गरिएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताउनु भयो ।
निर्वाचन आचार संहिता विपरीत प्रचार÷प्रसार लगायतका गतिविधि गर्नेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा रहेका छन् ।
