INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदानको अभ्यास

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदान अभ्यास हुम्लामा वैशाख २७ गते सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, हुम्लाले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि नमूना मतदान कार्यक्रम संचालन गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीका लागि नमूना मतदान संचालन गरिएको निर्वाचन कार्यालयका प्रमुख मुक्ति नन्द रावलले बताउनु भयो ।

नमूना मतदानबाट मतदानमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीहरू मतदानलाई सफल बनाउने प्रक्रियाका बारेमा जानकारी दिनका लागि नमुना मतदान भएको प्रमुख रावलले जानकारी दिनु भयो ।

उक्त नमुना मतदान कार्यका लागि सिमकोट गाउँपालिका–६ को काला शिल्ता आधारभूत विद्यालय मत केन्द्रमा स्थानीय, कर्मचारी र संचारकर्मीहरूले नमुना मतदान गरेका थिए । जसमा ५९ मत खसेको मध्य ४९ मत सदर भएका थिए भने दश मत बदर भएको प्रमुख रावलले बताउनु भयो ।

हुम्लाका ५४ वटा मत केन्द्रमा २ सय ५४ जना कर्मचारी र १ सय ६२ जना स्वयंसेवक खटाइएको प्रमुख रावलको भनाई रहेको छ ।
HumlaPhoto_2022-05-10 (1) HumlaPhoto_2022-05-10 (2) HumlaPhoto_2022-05-10 (3) HumlaPhoto_2022-05-10 (4) HumlaPhoto_2022-05-10 (5)

अन्य

भिडियो