INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–८ का ४३ वर्षीय भिमबहादुर मादेनलाई वैशाख २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, धनकुटाका डिएसपी चिरञ्जीवी दाहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २४ गते गरिएको छ ।

अन्य

भिडियो