INSEC Online

📅 २०८३ जेष्ठ २१

विर्तामोड नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

स्थानीय तह सदस्य निर्वाचन ०७९ हुन चार दिन बाँकी रहेको अवस्थामा विर्तामोड नगरपालिकाले सेवाग्राहीलाई समस्या हुने गरी अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा प्रवाह बन्द गरेको छ ।

नगरपालिकाले वैशाख २५ गते सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य, दमकल तथा शव वाहनबाहेकका सम्पूर्ण सेवा निर्वाचनको अन्तिम नतिजा नआउञ्जेल सम्मका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेद्धारा हस्ताक्षरित जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

निर्वाचनमा कर्मचारी खटिनु पर्ने भएकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा वैशाख २६ गतेदेखि अन्तिम परिणाम नआउञ्जेलसम्मका लागि बन्द गर्नु परेको प्रशासकीय अधिकृत न्यौपानेको भनाइ छ ।

photo 20220509 Jhapa

अन्य

भिडियो