डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती निवासी पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक रामदत्त जोशीलाई वैशाख २६ गते कुटपिट गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१ निवासी डिलाशैनी गाउँपालिकाका माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र राना (शितल)लाई गिरफ्तार गरेको छ ।
स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचारप्रचार गरेको भन्दै सहप्राध्यापक जोशीलाई कुटपिट गरेपछि अध्यक्ष पदका उम्मेदवार रानालाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले बताउनु भयो ।
कुटपिटबाट घुडाँमा चोक लागेका जोशीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिट घटनामा संलग्न गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेकटर जोशीले बताउनु भयो ।
गिरफ्तारीमा पर्नु भएका राना गठबन्धन दलबाट डिलाशैनी गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार समेत हुनु हुन्छ ।