INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध अदालतमा फिराद पत्र दर्ता

४१ वर्षीया महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करका ३७ वर्षीय रामकृष्ण खड्काविरुद्ध ०७९ वैशाख २३ गते जिल्ला अदालतमा फिराद पत्र दर्ता गराएकी छन् ।

जिल्ला प्रहरी कार्यालयले निर्वाचनको बाहाना बनाएर आरोपितविरुद्धको उजुरी दर्ता नगरेपछि अदालतमा फिराद पत्र दर्ता गराएको पीडितले बताइन् ।

आरोपितले ०७९ वैशाख १८ गते बेलुका घरमा आई यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

पीडितले अरोपितविरुद्ध कारबाहीको माग गर्दै वैशाख २० गते प्रहरी चौकी पिस्करमा निवेदन दिएकी थिइन् ।

प्रहरी चौकी पिस्करले आफुले दिएको निवेदन माथि सुनुवाइ नगरेपछि सदरमुकाम चौतारा आएको पीडितले बताइन् ।

जिल्ला प्रहरी कार्यालय आएर उजुरी दिँदा पनि प्रहरीले दर्ता नगरेपछि सरकारी वकिलको सल्लाह बमोजिम अदालतमा फिराद पत्र दर्ता गराएको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई जानकारी दिए ।

अन्य

भिडियो