२९ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा जिल्ला अदालत मोरङले वैशाख ५ गते बेलवारी-११ का ३४ वर्षीय योगेश भनिने बासुदेव राई र इटहरी-६ का ३१ वर्षीय कैलाश पोखरेललाई जनही पाँच-पाँच वर्षको कैद सजाय सुनाएको छ ।
कैद सजायसँगै उनीहरूलाई जनही २५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।
पीडित महिलालाई आरोपितद्वयले ०७२ साल माघ १४ गते भारततर्फ बेच्न लैजाँदै गर्दा भारतीय प्रहरीले भारत जोगवनी स्थित टिकौलिया बस्तीबाट नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । नेपाल प्रहरीले फागुन ९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।