यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले पर्वतमा वैशाख २३ गते नमूना मतदान गराएको छ ।
मतदानको क्रममा मत बदर हुनबाट रोक्न नमुना मतदान कार्यक्रम गरिएको पर्वत जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताउनुभयो ।
मतदान केन्द्र तोकिएको कुश्मा नगरपालिका ५ बालमन्दिर प्राथमीक विद्यालयमा नमूना मतदानको व्यवस्था मिलाइएको थियो ।
सो कार्यक्रममा इच्छुक स्थानीयहरुलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध भएका थिए भने नमूना मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी तैनाथ थिए ।

स्थानीयहरुले सही तरिकाले मतदाताले आफ्नो मतको सदुपयोग गर्न जानुन् भनेर नमुना मतदान गराइएको निर्वाचन अधिकारी शर्माले बताउनुभयो ।
नमूना मतदानमा ३४ जना सहभागी भएका थिए भने ती मध्ये १० मत बदर भएका थिए ।
अधिकारी शर्माले निर्वाचन सम्पन्न पश्चात् सहभागी मतदातालाई खसेका मतका नमुना सहित प्रष्टोक्ति दिएका थिए ।
