INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका(१ का ३० वर्षीय दिपेन्द्र साउदलाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले घुम्न लैजाने बहानामा वैशाख १९ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले ड्युटीमा खटिएका शसस्त्र प्रहरीलाई जानकारी गराएपछि आरोपित साउदलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी हेमप्रकास जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले वैशाख २० गते इलाका प्रहरी कार्यालयमा किटनी जाहेरी दिएको र वैशाख २२ गते थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्यादथपका लागि तयारी भइरहेको समेत डिएसपी जोशीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २० गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।

अन्य

भिडियो