आठ महिनादेखि सर्केगाड गाउँपालिका–४ साँयाका वडा अध्यक्ष, प्रशासन सहायकले तलव र चारजना वडा सदस्यले भत्ता नपाएको भन्दै वैशाख १७ गतदेखि वडा कार्यालयमा लगाइएको ताला आजसम्म खुलेको छैन ।
जनप्रतिनिधि कर्मचारीले पाउँदै आएको तलव भत्ता नपाउँदा वडा सदस्यहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको दलित महिला सदस्य गोपा वि.क.ले जानकारी दिनु भयो ।
वैशाख २० गते गाउँपालिका अध्यक्षसहति वडाका सम्पूर्ण जनप्रतिनिधि सहमतिका लागि बैठक बसे पनि सहमति नभएर छलफल नटुङ्गिएरै छलफल सकएिको प्रशासन सहायक धनलाल विकले जानकारी दिनु भयो ।
रकम भुक्तानी र निकासामा ढिलाई भएका कारण तलव भत्ता दिन केही ढिलाई भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नर रावतले बताउनु भयो ।
खुल्ला दलित सदस्य धुन सुनार, दलित महिला सदस्य गोपा विक र महिला सदस्य हिरकला शाहीले आठ महिनादेखि आफुले पाउनुपर्ने भत्ता नपाएको भन्दै गुनासो गरेका छन् ।