INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङघन

स्थानीय तह निर्वाचन २०७९ को लागि राजनीतिक दलहरुले गरेको प्रचारप्रसारमा आचारसंहिता उल्लङघन गरिएको पाइएको छ । दलहरुद्वारा चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरित कार्यहरू गरिएको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

बागलुङ प्रतिनिधि सिर्जना थापाका अनुसार सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले निर्वाचन आचारसंहिता विपरित बाजा सहित सभा र सम्मेलन गर्ने गरेका छन् । सत्तारुढ गठबन्धनले गलकोट नगरपालिकाको चुनाव प्रचारप्रसारमा आचारसंहिता विपरित बाजा, व्यानर र ठुला झण्डाको प्रयोग गर्ने गरेको पाइएको छ ।

Photo20220305Baglung (1)

गठबन्धनले बागलुङ नगरपालिका, गलकोट नगरपालिकालगाएतका स्थानमा रातको समयमा समेत चर्काे ध्वनिमा चुनावप्रचारका गीत बजाउने गरेको पाइएको छ ।

गठबन्धनले बागलुङ नगरपालिका–७ तितौरे स्थित शहरी स्वास्थ्य केन्द्रको प्राङ्गणमा चुनावी सभा गरेको छ ।

Photo20220305Baglung (3)

गठबन्धनका बागलुङ नगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारले रंगिन प्रर्चा बनाएर प्रचासप्रसार गरेका छन् । नेकपा एमाले र राप्रपालेपनि चुनाव प्रचारमा बाजाको प्रयोग गरेको पाइएको छ ।

Photo20220305Baglung (4)

Photo20220305Baglung (5)

Photo20220305Baglung (6)

Photo20220305Baglung (7)

काठेखोला गाउँपालिकाको भीमापोखरामा गरेको चुनावी सभामा बाजाको प्रयोग गरिएको हो भने एमाले र राप्रपाले बागलुङ बजार क्षेत्रमा मोटर साइकल ¥याली समेत गरेको छ ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पाँच दलीय गठबन्धन तर्फबाट पोखरा महानगरपालिका उम्मेदवारहरुको प्रचार प्रसारमा निर्वाचन आचारसंहिता उल्लंघन भएको छ । पोखरा महानगरपालिका– ७ मा आयोजित घर दैलो कार्यक्रममा गठबन्धनको दल नेपाली कांग्रेसका कार्यकर्ताले रुख चुनाव चिन्ह गरेको क्याप/टोपी लगाएर मत मागेका छन् ।

Photo20220503Kaski (1)

Photo20220503Kaski (3)

Photo20220503Kaski (4)

निर्वाचन आचारसंहिताको परिच्छेद २ को ४ ’घ’ मा राजनीतिक दल वा उम्मेदवारको चुनाव चिन्ह अङ्कित ज्याकेट, कमेज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप लगायत सामाग्री प्रचार प्रसारमा प्रयोग गर्न नपाईने उल्लेख रहेको छ । त्यस्तै नेकपा एमालेका पोखरा महानगरपालिका–३० का उम्मेदवारहरुले आचारसंहिता विपरीत टोपी र झण्डाको प्रयोग गर्दै घरदैलो गरेको पाइएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार भिमाद नगरपालिका–१ को डुम्रिबेशीमा निर्वाचन प्रचारप्रसारको लागि नेकपा एमालेका कार्यकर्ताहरुले पार्टीका झन्डाहरु झुण्डाएर आचारसंहिता विपरित चुनाव प्रचार प्रसार गरेका छन् ।

Photo20220503Tanahun

अन्य

भिडियो