INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला कुसे गाउँपालिका(८ का २३ वर्षीय राकेश भन्ने प्रशान्त रोकायालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १६ गते विवाह गर्ने प्रलोभनमा पारेर बलात्कार गरेकोले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाल इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई वैशाख १९ गते धनगढी उपमहानगरपालिका(१० घुईयाघाटबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो