INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहारबाट वडासदस्यका उम्मेदवार घाइते

डिलाशैनी गाउँपालिका–५ निवासी नेकपा माओवादी केन्द्रबाट सदस्य पदका उम्मेदवार ६० वर्षीय हरीराम साउदलाई वैशाख १९ गते राति खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँ निवासी नेकपा एमालेका कार्यकर्ता अजीव साउदललाई गिरफ्तार गरेको छ ।

छिमेकीहरुलाई भेटघाट गरी घर फर्किरहेको अवस्था वडासदस्यका उम्मेदवार साउदमाथि कुटपिट तथा खुकुरी प्रहार गरिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आरोपित साउदलाई वैशाख २० गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनामा सङ्लग्न अन्य व्यक्तिहरुको प्रहरीले खोजीकार्य गरिरहेको समेत इन्स्पेक्टर जोशीले बताउनु भयो ।

खुकुरी प्रहारबाट साउदको टाउँको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । गम्भिर घाइते भएका साउँदको वैशाख १९ गते राति गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि वैशाख २० गते थप उपचारका लागि धनगढी पठाइएको छ ।

Photo20220503baitadi

 

 

अन्य

भिडियो