INSEC Online

📅 २०८३ जेष्ठ २१

गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबिच झडप, दुई जना घाइते

रामपुर नगरपालिका–१०, गेझामा गठबन्धन दल नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी केन्द्र र  नेकपा एमालेका कार्यकर्ताबिच वैशख १८ गते झडप भएको छ ।

झडपमा रामपुर नगरपालिका–१० गेझाका गठबन्धन पार्टीका डिल्लीराज न्यौपाने र जीवन परियार घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा वैशाख १८ गते उपचार पछि घर फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा दुबै पक्षबिच झडप भएको छ ।

नेकपा एमाले उम्मेदवारसहितको घरदैलो कार्यक्रम तथा आमसभा गरेको थियो । गठबन्धका पार्टीहरूले पनि सोही ठाउँमा टोल अभियान सञ्चालन गरिरहेको अवस्थामा  दुबै पक्षबिच भेट भएपछि विवाद हुँदा झडप भएको रामपुर नगर कमिटि अध्यक्ष टंकनाथ खनालले बताउनु भयो ।

नेकपा एमालेले निर्धारित समयमै घरदैलो गरिरहेको र नेपाली कांग्रेसले थाहै नदिई सोही ठाउँमै घर दैलो गरेकोले कार्यकर्ता आपसमा भेट हुँदा झडप भएको खनालले बताउनु भयो ।

घटनाको बिषयमा नेपाली कांग्रेस रामपुर नगर समितिले प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनको चुनाव प्रचार प्रसारका क्रममा युवाहरूलाई नेकपा एमालेका कार्यकर्ताहरूले विथोल्ने प्रयास गरे पछि रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराईले बताउनु भयो ।

अन्य

भिडियो