कमलामाई नगरपालिका–६ स्थितबजारमा रहेको पुष्पदिप अफसेट प्रेसका सञ्चालक पुष्पदिप देवकोटाको ०७९ वैशाख १४ गते दिउँसो १ बजे नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कार्यालय सिन्धुलीमा मृत्यु भएको छ ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारहरुको प्रचार प्रसार सामाग्रि छपाई वापत बाँकी रकम लिन बिहान १० बजे पार्टी कार्यालयमा पुगेका देवकोटाको दिउँस मृत्यु भएको हो ।
वर्सौँसम्म धाउदा पैसा नपाएपछि देवकोटाले आफ्नो पारिश्रमीक लिन माओवादी पार्टी कार्यालय भित्रै प्लाष्टिकको बोरा ओछ्याएर अनशन बसेको र दिउँसो १ बजे अनशन बसेको स्थलमा नै ढलेपछि उपचारका लागि सिन्धुली अस्पतालमा लगेकोमा डाक्टरले मृत घोषणागरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोजकुमार लामाका अनुसार मृत्युको कारण खुल्न नसकेको र प्रहरीले अनुसन्धान गरि रहेको छ ।
शव सिन्धुली अस्पतालको शव गृहमा राखिएको छ । मृतकका छोरा विवेकराज देवकोटाले माओवादी कार्यकर्ता प्रकाश काफ्लेविरुद्ध कुटपिटका कारण मृत्यु भएको दावि सहित जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका छन् ।
पीडितका आफन्तको उजुरीपछि प्रहरीले काफ्लेलाई गिरफ्तार गरेको छ ।
