गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार अजयकुमार कुशवाहामाथि कार्यकर्ताले हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ ।
गौशालामा नेकपा एमालेले वैशाख १३ गते मेयरमा कुशवाहालाई टिकट दिने टुङ्गो लगाएपछि अर्का मेयरका आकांक्षी रामऔतार महासेठले वडा नं. ४ को वडाध्यक्षमा टिकट माग गर्दै आफ्ना समर्थक सहित कुशवाहाको घर घेराउ गरेको कुशवाहाको आरोप छ ।
वैशाख १३ गते बिहानैदेखि घेराउमा पर्नु भएका कुशवाहालाई समर्थहरूले दिउँसो उम्मेदवारी मनोनयन गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मेयरका आकांक्षी महासेठका छोरा देवेन्द्र महासेठ सहितको समूहले हातपात गरेको पीडितको आरोप छ ।
निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले कुशवाहालाई उद्धार गरेका थिए । पीडित कुशवाहाले आरोपितहरूविरूद्ध उजुरी दिनु भएको छैन ।