स्थानीय तहको निर्वाचन २०७९ काे लागि उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन वैशाख १२ गते कास्कीमा उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले कास्कीका विभिन्न स्थानीय तहमा गरेको अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।








उम्मेदवारी दर्ताका क्रममा राप्रपाले बाजागाजा, नेपाली काङग्रेसले आचारसंहिता विपरित मोटरसाइकल र गाडीको प्रयोग गरेको र नेकपा एमाले र जनता समाजवादी पार्टीले ठूलो ठूलो झण्डाहरुको प्रयोग गरेको अनुगमनका क्रममा देखिएको इन्सेक गण्डकी संयोजक शिव खकुरेलले बताउनुभयो ।
त्यस्तै कास्कीको रुपा गाउँपालिकामा उम्मेदवारी दर्ता गर्न पुगेका नेपाली काङग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रुपा गाउँपालिका–७ हंसपुर बस्ने आनन्द सुवेदीलाई कार्यकर्ताले बाटो रोकेका थिए ।

बिहान १२ बजे निर्वाचन कार्यालय नजिक पुगेका उनलाई उम्मेदवारी दर्ता गर्न नदिन कार्यकर्ताले नै अवरोध गरेपछि प्रहरी सुरक्षा दिए साँझ ४ बजे कार्यालय छिराएको थियो । पार्टीले विवादपछि उनको स्थानमा गीमाया गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।