INSEC Online

📅 २०८३ जेष्ठ २१

राजनीतिक दलहरुद्वारा आचारसंहित उल्लङ्घन, स्थानीय तहमा महिला उम्मेदवारलाई उपेक्षा

स्थानीय निर्वाचन २०७९ को मनोनयन दर्ताका क्रममा जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।

ठुला राजनीतिक दलमध्ये नेकपा एमाले र नेपाली कांग्रसेले मननोयन दर्ताका क्रममा महाकालि नगरपालिका र नौगाड गाउँपालिकामा बालबालिकाहरुलाई र्यालीमा सहभागि गराएको पाइएको छ भने निर्वाचन चिन्ह्हरुको व्यापक रुपमा प्रयोग गरिएको पाइएको छ ।

जिल्लामा गठबन्धन दलहरुले महिला उम्मेदवार छनौटमा समेत उपेक्षा गरेको छ । नौ ओटा स्थानीय तहमध्ये गठबन्धनले चार ओटा स्थानीय तहमा महिला उम्मेदवारलाई उपेक्षा गरेको हो । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच जिल्लामा गठबन्धन भएको हो ।

गठबन्धनको क्रममा नेपाली कांग्रेस पाँच स्थानीय तह प्रमुख तथा सात ओटा स्थानीय तहमा उपप्रमुख उम्मेदवार बनाउने सहमति गरेको छ भने नेकपा माओवादी केन्द्रले चार स्थानीय तहमा प्रमुख र दुई स्थानीय तहमा उपप्रमुख उम्मेदवार बनाएको छ । तर, गठबन्धन बनाएका मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकामा गठबन्धनले महिला उम्मेदवार बनाएको छैन् । मार्मा गाउँपालिकामा माओवादी केन्द्रबाट जमनसिह धामी अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसबाट उमेशबहादुर सिंह उम्मेदवार बनेका छन् ।

यसैगरी नौगाडमा माओवादी केन्द्रबाट दलजीतसिंह धामी अध्यक्ष तथा नेपाली कांग्रेसबाट जगतसिह ठगुन्ना उपाध्यक्ष, मालिकार्जुन गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट नरेन्द्रसिह धामी र उपाध्यक्षमा माओवादी केन्द्रबाट कल्यानसिह धामी, व्याँस गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट दिलिपसिंह बुढाथोकी अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट बिनोदसिह कुँवर उम्मेदवार बनेका छन् । यी चार ओटा स्थानीय तहमा गठबन्धनले महिला उम्मेदवारलाई प्रमुख उपप्रमुखमा समेटेको छैन् ।

गठबन्धनले शैल्यशिखर नगरपालिकामा कांग्रेसबाट प्रमुखमा अमरसिह धामी, उपप्रमुखमा राजमति पाल, महाकाली नगरपालिकामा प्रमुखमा हंशराज भट्ट र उपप्रमुखमा सुना बोहरा उम्मेदवा बनेका छन् । लेकम गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका रामदत्त जोशी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुना जोशी तथा दुहुँ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका पुलेन्द्र कार्की र उपाध्यक्षमा कांग्रेसकै शान्ति बम उपाध्यक्षमा उम्मेदवार बनेका छन् ।

जिल्लामा कुल ८८ हजार २ सय ८५ जना मतदातामध्ये महिला मतदाता मात्रै ४३ हजार १ सय ७४ जना रहेका छन् । महिला मतदाता पुरुष हाराहारी हुँदा पनि गठबन्धनले महिला उम्मेदवार प्राथमिकता नदिएको भन्दै जिल्लाका अगुवा महिला भने नेतृत्वप्रति रुष्ट बनेका छन् ।

सबै स्थानीय तहमा उम्मेदवारी मनोनयन सम्पन्न

वैशाख ३० गते हुने स्थानीय तह निवार्चनको लागि दार्चुलाका सबै स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता भएको छ । जिल्लामा नेकपा एमाले, सत्तारुड गठबन्धन, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।

सदरमुकामस्थित महाकाली नगरपालिकामा एमालेबाट नगर प्रमुखमा नरसिंह चैसिर, उपप्रमुखमा दुर्गा बिष्टले उम्मेदवारी दर्ता गर्नु भएको छ । गठबन्धनकोतर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेसका कांग्रेसका हंशराज भट्ट र उपप्रमुखमा कांग्रेसकै सुना बोहराले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

शैल्यशिखर नगरपालिकामा एमालेबाट नगरप्रमुखमा विजयसिंह धामी, उपप्रमुखमा शान्ति खडायत र गठबन्धनको तर्फबाट नगरप्रमुखमा कांग्रेसका अमरसिंह धामी र उपप्रमुखमा कांग्रेसकै राजमती पालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

नौगाड गाउँपालिकामा एमालेकातर्फबाट अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्नाले उम्मेदवारी मनोनयन गराउनु भएको छ । गठबन्धनको तर्फबाट अध्यक्षमा माओबादीका दलजितसिंह धामी र उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्नाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

लेकम गाउँपालिकामा एमालेबाट अध्यक्षमा परमानन्द जोशी, उपाध्यक्षमा माधवी जोशी र गठबन्धनकोतर्फबाट अध्यक्षमा माओबादीका रामदत्त जोशी र उपाध्यक्षमा कांग्रेसका सुना जोशीले मनोनयन दर्ता गराउनु भएको छ ।

मालिकार्जुन गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिरासिंह धामी, उपाध्यक्षमा गोमती भट्ट र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेसका नरेन्द्रसिंह धामी र उपाध्यक्षमा माओबादी केन्द्रका कल्यानसिंह धामीले मनोनयन दर्ता गराउनु भएको छ ।

व्याँस गाउँपालिकामा एमालेकोतर्फबाट अध्यक्षमा मंगलसिंह धामी, उपाध्यक्षमा चन्द्रादेबी कुँवर र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेसका दिलिपसिंह बुढाथोकी, उपाध्यक्षमा माओबादीका बिनोदसिंह कुवँरले मनोनयन दर्ता गराउनु भएको छ ।

दुहुँ गाउँपालिकामा एमालेबाट नरेन्द्र बडाल, उपाध्यक्षमा ताराकेशरी कुँवर र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेसका पुलेन्द्रबहादुर कार्की, उपाध्यक्षमा शान्ति बमले मनोनयन दर्ता गराउनु भएको छ ।

यसैगरी दुहुँ गाउँपालिकामा नेकपा समाजवादीले अध्यक्षमा महादेव जोशी, राप्रपाबाट लालबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार पुष्कर कार्कीले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले जानकारी दिनु भयो ।

मार्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा देबसिंह महर, उपाध्यक्षमा राजु धामी र गठबन्धनकोतर्फबाट अध्यक्षमा माओबादीका जमनसिंह धामी, उपाध्यक्षमा कांग्रेसका सर्मीला सिंह, एकीकृत समाजवादीका इन्द्र विष्टले गाउँपालिका अध्यक्ष र वडा नम्बर ३ मा दुई ओटा वडा सदस्यको उम्मेदवारी दर्ता गरिएको छ ।

अपिहिमाल गाउँपालिकामा एमालेबाट अध्यक्षमा धर्मानन्द मन्याल, उपाध्यक्षमा उर्मीला बोहरा र गठबन्धनकातर्फबाट अध्यक्षमा भगतसिंह ठेकरे र उपाध्यक्षमा कांग्रेसका देबकी बोहराले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीले गाउँपालिका अध्यक्षमा कमलेश रोकाया, उपाध्यक्षमा रुकमति जागरीको उम्मेदवारी मनोनयन दर्ता गरेको छ । वडा नम्बर १ मा रमेश जागरी, वडा नम्बर २ मा जितसिह धामी, वडा नम्बर ३ मा गजेन्द्र बोहरा र वडा नम्बर ४ मा उदमलसिंह कार्कीको उम्मेदवारी दर्ता गरेको  छ ।

photo20220425darchula (1)

photo20220425darchula (2)

photo20220425darchula (3)

photo20220425darchula (6)

photo20220425darchula (7)

photo20220425darchula (9)

अन्य

भिडियो