INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रकाशित समाचारमा चित्त नबुझेपछि पत्रकारलाई धम्की

चंखेली गाउँपालिका–५ नेप्का घर भई नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकको हुम्ला जिल्ला सम्वाददता ३१ वर्षीय नरजन तामाङलाई ताँजाकोट गाउँपालिका–४ गल्लावाडाका २६ वर्षीय पशुपति सन्ज्याल, २८ वर्षीय नरप्रसाद सन्ज्याल र ३० वर्षीय विनोद सन्ज्यालले मार्ने धम्की दिएको पीडितले आरोप लगाउनु भएको छ ।

पीडित तामाङका अनुसार वैशाख ९ गते माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव लालकेश जैसी कुटपिट भएको समाचार लखेको भन्दै लालकेश जैसीका आफन्तले वैशाख १० गते मार्ने धम्की दिएका हुन् ।

सहसचिव जैसीका आफन्तद्वारा सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जरबाट धम्की दिएपछि वैशाख १० गते तामाङले जीवन सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनु भयो ।

पत्रकार तामाङलाई मार्ने धम्कीप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्लाले वैशाख १० गते प्रेस विज्ञप्ति जारी गरेको छ ।

घटनाको विस्तृत अनुसन्धान गरी सुरक्षा निकायले छलफल गरी ठोस् निर्णय गरिने प्रमुख जिल्ला अधिकारी परियारको भनाइ छ ।

अन्य

भिडियो