६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले १४ वर्षीय बालकलाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख २ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडितको स्वास्थ परीक्षण गर्हौ घ्यालिङग अस्पताल वालिङमा गरिएको वैशाख ६ गते गर्हौ घ्यालिङग अस्पताल वालिङका सूचना अधिकारी शंकर जिसिले जानकारी दिनुभयो ।