INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका४ का २७ वर्षीय सञ्जय सुनारलाई भैरवस्थानबाट वैशाख ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताइन् ।

उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ४ गते पाल्पा अस्पताल गरिएको छ ।

अन्य

भिडियो