INSEC Online

📅 २०८३ जेष्ठ २१

बाबु हत्या घटनाका आरोपित गिरफ्तार

बेलवारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय छोरा वासुदेव कार्कीलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले अंशसम्बन्धी विवादमा वैशाख १ गते ढुङ्गामा पछारेर हत्या गरेको इलाका प्रहरी कार्यालय वेलवारीका इन्स्पेक्टर खगेन्द्र धमलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

जेठो दाजुले बाबुलाई अंशसम्बन्धी विवादमा ढुङ्गामा पछारेर हत्या गरेको आरोपितका भाई तीर्थराज कार्कीले बताउनु भयो ।

बाबुले छोरीलाई जग्गा बेचेपछि विवाद भएको र जेठो दाजु वासुदेवले ५८ वर्षीया आमा उमादेवी कार्कीलाई समेत कुटपिट गरेको तीर्थराजको भनाइ छ ।

शवको पोष्टमार्टम कोशी अस्पतालमा वैशाख १ गते गरिएको छ ।

पीडित पक्षले सोही दिन शव बुझी बेलवारी नगरपालिका–७ स्थित घाटमा सद्गत गरेको छ ।

अन्य

भिडियो