नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य धनकुटा नगरपालिका–६ आत्माराका ७६ वर्षीय गोपाल गुरागाईँलाई चैत २६ गते खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय दिनेश पोख्रेललाई सोही दिन गिरफ्तार गरेको छ ।
पीडितलाई घरमा बसिरहेको अवस्थामा आरोपितले खुकुरी प्रहार गरेको पीडितका छोरा राजु गुरागाईँले बताउनु भयो ।
टाउकोमा चोट लागेका पीडितको उपचार जिल्ला अस्पताल धनकुटामा हुन नसकेपछि सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको छ ।
उपचारपछि बुबालाई चैत २७ गते अस्पताले डिस्चार्ज गरेको छोरा राजु गुरागाईँले बताउनु भयो ।
घटनाका आरोपितमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले बताउनु भयो ।