कटारी नगरपालिका–५ खाडीखोपकी ३७ वर्षीया नानु खनालको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति पोष्टराज दाहाललाई चैत २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले घरायसी विवादका क्रममा चैत २८ गते दाउराले हिर्काएर हत्या गरेको सूचना स्थानीयले दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम कटारी अस्पतालमा चैत २८ गते गरिएको छ ।
पीडित पक्षले चैत २८ गते शव बुझी कटारी नगरपालिका–५ स्थित कावा खोलामा सद्गत गरेको छ ।