INSEC Online

📅 २०८३ जेष्ठ २१

एकीकृत माओवादी केन्द्रका कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्ष फडेराको घर तोडफोड

एकीकृत माओवादी केन्द्र अदानचुली गाउँपालिका हुम्लाका कार्यकर्ताले अदानचुली गाउँपालिका–३ फडेरा बाडा घर भएका अदानचुली गाउँपालिकाका अध्यक्ष ५२ वर्षीय दल फडेराको घरमा तोडफोड गरेको पीडितले आरोप लगाउनु भएको छ ।

उक्त पार्टीका कार्यकर्ताले चैत २६ गते अध्यक्ष फडेराको घरमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष फडेराको आरोप छ ।

ठूलो सङ्ख्यामा जम्मा भएका माओवादी कार्यकर्ताले फडेराको घरमा ढुङ्गामुडा प्रहार गर्दा घरको माथिल्लो तलामा राखिएको सोलारमा क्षति भएको अध्यक्ष फडेराले आरोप लगाउनु भयो ।

चैत २५ गते राति अध्यक्ष फडेरा सहित नेकपा (एमाले) का कार्यकर्ताले एकीकृत माओवादी केन्द्र कार्यकर्ताको होटेल र पसलमा तोडफोड गरेकाले त्यसको जबाफ स्वरुप आफूले अध्यक्ष फडेराको घर घेरेको दावी माओवादी केन्द्रका कार्यकर्ता रनसिंह परियारको भनाइ छ ।

रातिको घटनालाई लिएर माओवादी केन्द्र अदानचुली गाउँ कमिटीले चैत २६ गते विज्ञप्ति जारी गरेको छ ।

घटना लगत्तै अध्यक्ष फडेराले श्रीनगर प्रहरीचौकीलाई उजुरी गरेपछि सोही दिन श्रीनगर प्रहरी चौकीबाट प्रहरीको टोली गएर घटनालाई साम्य बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण ओझाले बताउनु भयो ।

अन्य

भिडियो