INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको मुद्दामा मुद्दा मुल्तबीमा राख्ने फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–६ खुटौनाका २८ वर्षीय कलाम अन्सारीलाई जिल्ला अदालतले चैत २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

अदालतमा ०७८ मङ्सिर २१ गते दायर भएको सो मुद्दा न्यायाधीश ध्रुवकुमार पियाको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ आर्यालले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ असोज १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा असोज १६ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७७ असोज १६ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले ०७७ असोज १६ गते उजुरी दर्ता गरेको थियो । आरोपित हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अन्य

भिडियो