मलङ्गवा नपा–१२ स्थित गम्हरियाका आठ वर्षीय आकाशकुमार ठाकुर भनिने मिठुकुमार ठाकुरलाई चैत २० अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले मलङ्गवा नपा–१२ का ४२ वर्षीय नेबालाल ठाकुर, सोही ठाउँका ३५ वर्षीय राकेश ठाकुरलाई चैत २४ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २२ गते लिखित उजुरी दिएको मृतकका बाबु दिपेन्द्र ठाकुरले बताउनु भयो ।
प्रहरीले बालकको शव बरामद गरेर पोष्टमार्टका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवामा राखेको जनाएको छ ।