INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदवार छनोट गर्नुपर्नेमा जोड

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्षम उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरामा चैत २१ गते पत्रकार सम्मेलनको आयोजना गरी सञ्जालले राजनैतिक दलहरूका लागि १२ बुँदे अपिल जारी गर्दै आसन्न निर्वाचनमा स्वच्छ उम्मेदबारलाई मात्र उठाउन आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदीले कुनैपनि निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित वातावरणमा सम्पन्न गर्ने प्रमुख दायित्व राजनीतिक दलहरूकै हुने हुँदा सक्षम र नागरिकहरूले विश्वास गर्ने कुनैपनि कसुर नलागेको, भ्रष्ट आचारण नभएको व्यक्तिहरूलाई उम्मेदवारको रूपमा दलहरूले टिकट दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Photo20220405Kaski

शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले दलहरूले सर्वस्वीकार्य उम्मेदवारलाई छनोट गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहहरूले नागरिकहरूका आधारभुत आवश्यकताहरूलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गण्डकीका संयोजक तथा शान्तिका लागि नागरिक समाजको सञ्जालका पूर्व संयोजक विष्णु प्रसाद वरालले नागरिक अपिल बाचन गर्दै भ्रष्ट आचरण भएका कुनैपनि व्यक्तिलाई दलहरूले उम्मेद्वार बनाउन नहुने बताउनुभयो ।

निर्वाचनलई स्वच्छ बनाउन दलहरूसंगै नागरिकहरूको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहने उहाँको भनाई थियो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र धाँधली रहित बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा नागरिक अपिल बुझाइसकिएको र अन्य दलहरूलाई पनि बुझाइने जानकारी दिनुभयो ।

उहाँले राजनीतिक दलहरूले मानवअधिकार उल्लंघन घटनाका दोषीहरूलाई कुनैपनि हालतमा उम्मेद्वारको रूपमा अगाडी सार्न नहुने बताउँदै जनप्रतिनिधिहरूले मानव अधिकारका सवालहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अधिवक्ता गीरधारी सुवेदी, गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष गोपाल खड्काले सक्षम र नागरिकप्रति जवाफदेहि भएका योग्य व्यक्तिहरूलाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो ।

‘पार्टीले उमेदवार छनौट गर्दा आफ्नो दलिय सिद्धान्त, नीति, उपगुट, आर्थिक सहयोग, चन्दा, निर्वाचन खर्च गर्न सक्ने क्षमता तथा जसरी पनि जित्न सक्ने व्यक्तिलाई उमेदवार वनाउने अभ्यास संस्थागत रूपमा स्थापित हुदै जान थालेको छ ।

धन (पैसा) हुनेले दलहरूबाट उम्मेदवार बन्न सक्ने, पैसाल नहुने इमान्दार, त्यागी नेता कार्यकर्ता उम्मेदवारी वितरण गर्ने नेता तथा पदाधिकारीको नजरमा नपर्ने अभ्यास हावी रहेको छ ।

यस अर्थमा आसन्न निर्वाचनका सम्पूर्ण राजनैतिक दलहरू प्रति स्वच्छ, स्वतन्त्र र निस्पक्ष निर्वाचनका लागि स्वच्छ उमेदवार खडा गर्न अपील गर्दैै निम्न विषयमा ध्यानर्कषण गराउन चाहन्छौ।’, –अपिलमा भनिएको छ ।

यस्तै वडा तथा पालिकाहरूका अध्यक्ष, उपाध्यक्ष, मेयर उपमेयर पदमा महिलाहरूलाई कम्तीमा ३३% नघट्ने गरी उम्मेदवारी कायम गर्न दलहरू सामु जोडदार माग गरिएको छ ।

अपिलमा कृष्णजंग रायमाझी आयोगले दोषी किटान गरेका तथा विगतमा मानवअधिकार उल्लंघनकर्ता, विभिन्न सामाजिक संघ संस्थाहरूमा रहेर आर्थिक हिनामिना गरी उजुरी परेका व्यक्ति, सार्वजनिक खरिद ऐन नियमावली उल्लंघनकर्ता, फौजदारी मुद्दामा सजाय पाएका व्यक्तिहरूलाई उम्मेदवार नबनाउन आग्रह गरिएको छ ।

जारी गरिएको अपिलमा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, इन्सेक गण्डकी प्रदेश गैसस महासंघ गण्डकी प्रदेश लगायत २४ ओटा सघसस्थाका पदाधिकारीहरूले हस्ताक्षर गर्नुभएको छ ।

Photo20220405Kaski (1)

Photo20220405Kaski (6)

Photo20220405Kaski (5)

Photo20220405Kaski (4)

Photo20220405Kaski (3)

Photo20220405Kaski (2)

अन्य

भिडियो