INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट आरोपमा गाँउपालिका उपाध्यक्ष गिरफ्तार

फाकफोकथुम गाउँपालिका–१ का ३८ वर्षीय कृष्णकुमार खड्कालाई ०७८ चैत १८ गते मुक्का प्रहार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष ४२ वर्षीया सरस्वती राई(सरू) लाई चैत २१ गते गिरफ्तार गरेको छ ।

गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राईविरूद्ध पीडितले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उपाध्यक्षलाई प्रहरी चौकीमा झिकाएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

फाकफोकथुम गाउँपालिका–७ ठेगाना भएकी उपाध्यक्ष राईविरूद्ध कृष्णकुमार खड्काले चैत २० गते कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा उजुरी दिएको एसपी श्रेष्ठले बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा उपाध्यक्ष राईलाई अनुसन्धानका लागि चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा झिकाएको एसपी श्रेष्ठले बताउनु भयो ।

फाकफोकथुम गाउँपालिकाले मौसममी कामदार कोरिया पठाउने विषयमा छनौटमा नपरेका युवा र जनप्रतिनिधिबिच चैत १८ गते विवाद भएको थियो ।

सोही विवादका क्रममा कृष्णकुमार खड्काले मादक पदार्थ सेवन गरी अश्लील शब्दसहित गालीगलौच गरेपछि आफूले मुक्काले हिर्काएको उपाध्यक्ष राईको भनाइ छ ।

अन्य

भिडियो