INSEC Online

📅 २०८३ असार ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारीलाई बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा सीमाबाट चैत १९ गते गिरफ्तार गरेको छ ।

आरोपित झपटलाई जमुनाहा सीमाबाट गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय, अछाम ल्याइएको जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर गङ्गादत्त बडुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

मेला हेर्न गएकी बालिकालाई चैत ४ गते बिहान बालिकाको मोवाइल खोसेर रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारी र २२ वर्षीय रेवन्त भण्डारीसहित चार जनाले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनामा संलग्न झपट भण्डारीलाई गिरफ्तार गरिएको भएपनि अन्य तीन जना फरार रहेकाले खोजी कार्य जारी रहेको इन्स्पेक्टर बडुको भनाइ छ ।

बालिकाको स्वास्थ्य परीक्षण र उपचार चैत ६ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो