INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमजुङ दूधपोखरी गाउँपालिका–६ घर भई हाल भानु नगरपालिका–३ कालामाटा बस्ने २१ वर्षीय सुनिल मगरलाई ०७८ चैत १८ गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत १७ गते इलाका प्रहरी चौकी तुरतुरेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते दमौली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो