INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउँ गाउँपालिका१ कचलका ४८  वर्षीय कोशलबहादुर हिस्कीलाई चैत १७ गते कचलबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते पाल्पा अस्पताल पाल्पामा गरिएको छ ।

अन्य

भिडियो