INSEC Online

📅 २०८३ जेष्ठ २१

क्यान्सर पीडित बालिकालाई इन्सेकको सहयोग

खजुरा गाउँपालिका– ५ की क्यान्सर पीडित सात वर्षीया रोशनी हरिजनलाई  इन्सेकले चैत १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

डिसिएको सहयोगमा गठित मानव अधिकार सहायता कक्षको चैत १४ गते बसेको बैठकले पीडितलाई सहयोग दिने निर्णय गरेको थियो ।

ब्लड क्यान्सरबाट पीडितको औषधि उपचारका लागि आर्थिक समस्या भएकोले  आवश्यक सहयोग गरिदिन भन्दै बालिकाकी आमाले इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा चैत ८ गते निवेदन दिनु भएको थियो ।

स्वास्थ्य अवस्था कमजोर रहेकोले थप उपचार मद्दत पुगोस भनेर ५ हजार रूपियाँ सहयोग गरिएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।

रकम बुझ्दै बालिकाकी आमा सुनितादेबी चमारले सहयोगले  थप उपचारमा मद्दत पुग्ने बताउनु भयो ।

अन्य

भिडियो