INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित बाह्रविसे नगरपालिका–१ लिस्तीका १९ वर्षीय नविन मगरलाई प्रहरीले ०७८ चैत १७ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।

बालिका स्थानीय पाखामा घाँस काट्न गएका बेला ०७८ माघ १० गते बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बाह्रविसेमा आरोपितविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७८ माघ १० गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको थियो ।

अन्य

भिडियो