बेनी नगरपालिका–६ डम्मरामा रोकी राखेका दुई ओटा गाडीमा अज्ञात पक्षद्वारा चैत १७ गते बिहान ४ बजे आगजनी गरिएको छ ।
सडकमै पार्किङ गरेर राखेको ध१ज ९८६ नम्वरको भ्यान र ध१ज ७२६ नम्वरको ट्याक्सीमा बिहान एक्कासी आगजनी गरेको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।

आगलागी भएको जानकारी प्राप्त भएपछि तत्काल जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका थिए ।
आगजनी कसले गरेको बारे अहिलेसम्म नखुलेको भएपनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
