१८ वर्षीया युवतीलाई खडक नगरपालिका–३ बस्ने १९ वर्षीय जावेद भनिने मो. साबिरले बलात्कार गरेको भनी परेको मुद्दा सप्तरी जिल्ला अदालतले २०७८ चैत १४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा २०७६ साउन १३ गते दायर भएको सो मुद्दा न्यायाधीश इश्वरमणी ओझाको इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको हो ।
पीडित युवतीलाई आरोपितले ०७५ भदौ १ गते बलात्कार गरेको भन्दै पीडितले भदौ २ गते इलाका प्रहरी कार्यालय, कडरबोनामा उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय, कडरबोनाले ०७५ भदौ २ गते बलात्कारको उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण लहान नगरपालिका–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा ०७५ भदौ २ गते गरिएको थियो । आरोपित हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।