INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन–०७९, लुम्बिनी प्रदेशमा ३२ लाख बढी मतदाता

स्थानीय तह निर्वाचन ०७९ वैशाख ३० का लागि लुम्बिनी प्रदेशमा  ३२ लाख बढी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेशभर ०७९ वैशाख २९ गतेभित्र १८ वर्ष पुरा भएका मतदातामध्ये १६ लाख १८ हजार ७३ जना पुरूष, १६ लाख १ हजार ३ सय ५२ जना महिला र ३२ जना अन्य गरी कूल मतदाताको सङ्ख्या ३२ लाख १९ हजार ४ सय ५७ रहेको छ ।

प्रदेशमा १ हजार ६ सय २९ ओटा मतदान स्थल र ३ हजार ८ सय ३२ ओटा मतदान केन्द्र तोकिएको छ ।

मन्त्री परिषद्को ०७८ माघ २४ गतेको बैठकले ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

आयोगले चैत ४ गते एक विज्ञप्ति प्रकाशन गरेर निर्वाचन कार्यक्रम तालिका अनुसार सार्वजनिक गरेको छ ।

तालिका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । यसैगरी, उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरी वैशाख १५ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गर्ने जनाएको छ । यदि उम्मेदवारले नाम फिर्ता लिन चाहे वैशाख १६ गतेको समय छुट्टाइएको छ ।

आयोगले वैशाख १६ गते त साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने १७ गते चुनाव चिह्न प्रदान गर्ने उल्लेख गरेको छ ।

उम्मेदवारहरूको लागि वैशाख २७ गते राती १२ बजेपछि मौन अवधि सुरू हुनेछ ।

यसैगरी  निर्वाचनको दिन ०७९ वैशाख ३० बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार १ लाख १० हजार ५९ जना पुरूष, १ लाख १४ हजार २ सय १५ जना महिला  र दुई जना अन्य गरी २ लाख २४ हजार २ सय ७६ जना मतदाता रहेका छन् । जिल्लामा १ सय ४२ मतदान स्थल र २ सय ७९ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार र ९६ हजार ६ सय ८० जना पुरूष, १ लाख ३ हजार १० जना महिला  गरी १ लाख ९९ हजार ६ सय ६० जना मतदाता रहेका छन् । जिल्लामा १ सय १८ मतदान स्थल र २ सय ४७ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश खड्कबहादुर केसीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

अर्घाखाँची प्रतिनिधि कूलहबहादुर नेपालीका अनुसार ८१ हजार ४ सय ४९ जना पुरूष, ८२ हजार ३ सय ६६ जना महिला  गरी १ लाख ६३ हजार ८ सय १५ जना मतदाता रहेका छन् । जिल्लामा ९६ मतदान स्थल र २ सय २ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश वासुदेव न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

रुपन्देही प्रतिनिधि रिमा बिसीका अनुसार ३ लाख २३ हजार ७ सय ७८ जना पुरूष, ३ लाख ८ हजार ५ सय ७४ जना महिला  र आठ जना अन्य गरी ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता रहेका छन् । जिल्लामा २ सय ८ मतदान स्थल र ७ सय  मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार १ लाख ९९ हजार २ सय ८७ जना पुरूष, १ लाख ७३ हजार ८ सय ११ जना महिला  र दुई जना अन्य गरी ३ लाख ७३ हजार १ सय जना मतदाता रहेका छन् । जिल्लामा २ सय ३५ मतदान स्थल र ४ सय ६८ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मालाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार १ लाख १९ हजार ७ सय ७५ जना पुरूष, १ लाख १७ हजार ३ सय ४६ जना महिला  र चार जना अन्य गरी २ लाख ३७ हजार १ सय २५ जना मतदाता रहेका छन् । जिल्लामा १ सय २१ मतदान स्थल र २ सय ८३ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश धु्रवकुमार शाहलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

रूकुम पुर्व प्रतिनिधि मनिषा केसीका अनुसार १६ हजार ८ सय ९४ जना पुरूष र १६ हजार ६ सय २४ जना महिला  गरी ३३ हजार ५ सय १८ जना मतदाता रहेका छन् । जिल्लामा ३५ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश सनतचन्द्र लवटलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार ७१ हजार ९ सय ३४ जना पुरूष र ७३ हजार ५ सय १० जना महिला गरी १ लाख ४५ हजार ४ सय ४४ जना मतदाता रहेका छन् । जिल्लामा ८१ मतदान स्थल र १ सय ७३ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश दिलिपराज पन्तलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार ७७ हजार ३ सय २७ जना पुरूष, ८२ हजार १८ जना महिला र एक जना अन्य गरी १ लाख ५९ हजार ३ सय ४६ जना मतदाता रहेका छन् । जिल्लामा १ सय ५१  मतदान स्थल र २ सय २० मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश श्यामलाल घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार २ लाख ७ सय ९९ जना पुरूष, २ लाख ९ हजार ९९ जना महिला  र दुई जना अन्य गरी ४ लाख ९ हजार ९ सय  जना मतदाता रहेका छन् । जिल्लामा १ सय ५३ मतदान स्थल र ४ सय ६१ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश रितेन्द्र थापालाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार १ लाख ६७ हजार ३ सय ४९ जना पुरूष, १ लाख ६२ हजार १ सय १७ जना महिला  र सात जना अन्य गरी ३ लाख २९ हजार ४ सय  ७३ जना मतदाता रहेका छन् । जिल्लामा १ सय ३६ मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश खडानन्द तिवारीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार १ लाख ५२ हजार ७ सय ४२ जना पुरूष, १ लाख ५८ हजार ६ सय ६२ जना महिला  र ६ जना अन्य गरी ३ लाख ११ हजार ४ सय  १० जना मतदाता रहेका छन् । जिल्लामा १ सय ५३ मतदान स्थल र ३ सय ७१ मतदान केन्द्र तोकिएको छ । आयोगले जिल्ला न्यायाधीश लोकजङ्ग शाहलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

अन्य

भिडियो