INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–६ आर्दशनगरका ६० वर्षीय कल्लु दमाईलाई चैत १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ११ गते खेतमा एक्लै घाँस काटिरहेको अवस्थामा बलात्कार गरेको घटनाबारे चैत १२ गते छिमेकीले बताएपछि आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा चैत १३  गते आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय, सुखडका सई बिरेन्द्र कुवँरले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

चैत १४ गते पीडितको स्वास्थ्य परीक्षण गराउनका लागि सेती प्रदेशिक अस्पतालमा आउनु भएका सई कुँवरसँग इन्सेक प्रतिनिधिले भेटेर घटनाका सम्बन्धमा जानकारी लिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ  ।

अन्य

भिडियो