१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ दुबिहवाका ३७ वर्षीय घनश्याम चमारलाई चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत २ गते विवाहको प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ११ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।
आरोपितले काम छ भन्दै बोलाएर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ११ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।