११ वार्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाउँपालिका–४ का ६० वर्षीय तिलक शाहीलाई चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १२ गते बाख्रा चराउन गएको बेलामा डरत्रास देखाएर बलात्कार गरेकोले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी चैत १३ गते जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका सई नरेन्द्रसिंह भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।