INSEC Online

📅 २०८३ जेष्ठ २१

जनशक्ति माविद्वारा इन्सेकलाई सम्मान

राप्ती सोनारी गाउँपालिका-४ स्थित जनशक्ति मावि बैजापुरले चैत ११ गते  इन्सेक नेपालगञ्जलाई सम्मान गरेको छ ।

विद्यालयको  भवन उद्घाटन तथा  सम्मान कार्यक्रममा  बाल अधिकार सचेतना समूह गठन गरि विगत दुई वर्षदेखि विद्यालयमा गुणस्तरिय  शिक्षाका लागि पहल गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा सहयोग गरेकाे भन्दै इन्सेकलाई सम्मान गरेको हो ।

कार्यक्रमका राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले इन्सेक जिल्ला सहजकर्ता  लक्ष्मीकुमारी थारुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष चित्रबहादुर वलीले विद्यालयको भौतिक र आर्थिक, सास्कृतिक तथा सामाजिक रुपमा  विद्यालयलाई सबैले सक्ने सहयोग गर्नुपर्ने बताउदै इन्सेक , विद्यालय व्यवस्थापन समिति, अभिभावक, राजनितिक दलका साथै स्थानिय सरकारबाट पनि विद्यालयमा सकारात्मक सहयोग रहेको बताउनु भयो ।

photo2022032701banke

अन्य

भिडियो