INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच वर्षीया बालिका अपहरण, आरोपित गिरफ्तार

पाँच वर्षीया सृष्टि मण्डललाई अपहरण गरेको आरोपमा कमला नगरपालिका–८ का २६ वर्षीय अभिषेक दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत ११ गते गिरफ्तार गरेको छ ।

चैत १० गते जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकस्थित घरबाट छोरीको अपहरण गरेको पीडित बालिकाकी आमा राधा मण्डलले बताउनु भयो ।

आरोपितले पीडित बालिकाको रिहाइको लागि १५ लाख रुपियाँ फिरौती माग गरेको पनि मण्डलले बताउनु भयो ।

पीडित बालिकाका बुबा ध्रुव मण्डलको मोवाइलमा फिरौती रकम माग भएपछि प्रहरीले मोवाइलको लोकेशन पत्ता लगाएर बालिकाको सकुशल उद्धार गरेको थियो ।

अपहरण घटनाका मुख्य योजनाकार अभिषेक दासलगायत अन्य चार जनालाई समेत गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेले बताउनु भयो ।

पीडित बालिकाको अपहरणमा सहयोगी भुमिका निर्वाह गर्नेहरूलाई गिरफतार गरी अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको एसपी रजौरेले बताउनु भयो ।

अन्य

भिडियो