INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बूढानीलकण्ठ नगरपालिका–१३ की २४ वर्षीया लक्ष्मी तामाङलाई मासु काट्ने दाउ प्रहार गरी हत्या गरेको आरोपमा उदयपुरको कटारी स्थायी घर भएका पति २१ वर्षीय भक्तबहादुर थापालाई प्रहरीले  ०७८ चैत ११ गते गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार आरोपितले सामान्य घरायसी विवादमा चैत १० गते राती पत्नीको घाँटीमा दाउ प्रहार गरेका थिए ।

मैनालीका अनुसार दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई उपचारका लागि चुनिखेलस्थित करुणा अस्पताल पुर्‍याइएको थियो ।

तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले घाइतेको मृत्यु भएको जानकारी दिएका थिए  ।

पत्नीलाई आक्रमण गरे लगत्तै फरार रहेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीको संयुक्त टोलीले चैत ११ गते बुढानिलकण्ठबाट गिरफ्तार गरेको हो ।

शव पोस्टमार्टमका लागि चैत ११ गते त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज पठाईएको एसपी मैनालीले जानकारी दिनुभयो ।

अन्य

भिडियो