INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछापको खाडादेवी गाउँपालिका–२ घर भई चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटा भट्टामा काम गर्ने २८ वर्षीय दिनेश तामाङलाई प्रहरीले २०७८ चैत ९ गते इँटा भट्टाबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित बालिकाका आफन्तले चैत ९ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए ।

आरोपितविरुद्ध भक्तपुर जिल्ला अदालतबाट चैत ९ गते जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ९ गते भक्तपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो