INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला हत्या घटनाका आरोपित गिरफ्तार

बबई गाउँपालिका–७ की ६५ वर्षीया किमिनी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले मृतककी बुहारी २२ वर्षीया मिनकुमारी कुँवरलाई चैत १० गते गिरफ्तार गरेको छ ।

किमिनीको हत्या भएको भन्दै मृतक पक्षले अनुसन्धाका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा चैत ९ गते उजुरी दिएका थिए ।

 मृतकको घाँटी र खुट्टामा चोट लागेको अवस्थामा भेट्टिएको र कुँवरले लगाएका गहनासँगै रहेकाले हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

घटनाको थप अनुसन्धान भइरहेको  डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

शवको पोष्टमार्टम चैत १० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

 

अन्य

भिडियो