११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय सन्दिप चौधरी विरूद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाएर आरोपितको खोजी भइरहेको डिएसपी पौडेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित राती पिसाब गर्न निक्केको बेला घटना भएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।