INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा गाउँपालिकाको गाडीमा तोडफोड

मेन्छ्यायेम गाउँपालिका–५ मा वडा सदस्य विनोद भट्टराईको घर अगाडि पार्किङ गरेर राखिएको मेन्छ्यायेम गाउँपालिकाको गाडीमा अज्ञात पक्षले चैत ३ गते तोडफोड गरेको प्रहरीले जनाएको छ ।

पार्किङमा राखिएको १ झ ५६० नम्वरको गाडीमा रातको समयमा तोडफोड भएको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

तोडफोडबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । तोडफोडबाट १ लाख रुपियाँ बराबरको क्षति भएको खापुङले बताउनु भयो ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा चैत  ४ गते निवेदन दिएको अध्यक्ष खापुङले बताउनु भयो । मेन्छ्यायेम गाउँपालिकाको गाडी अध्यक्ष खापुङले प्रयोग गर्दै आउनु भएको थियो ।

घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देवीदत्त मोतेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

अन्य

भिडियो