INSEC Online

📅 २०८३ जेष्ठ २१

गौर घटनाका १५ वर्षः न्यायको पर्खाइमा पीडित र पीडितका परिवार

रौतहटको गौरमा २७ जनाको मृत्यु र ५२ जना घाइते भएको घटनाका पीडित तथा पीडितका परिवारले घटना भएको १५ वर्ष पूरा हुँदासमेत न्याय पाउन सकेका छैनन् ।

गौर नगरपालिका–५ स्थित राइस मिलको चौरमा ०६३ चैत ७ गते मधेसी जनअधिकार फोरम र माओवादी सम्बद्ध मधेसी राष्ट्रिय मुक्ति मोर्चाको आमसभाका क्रममा झडप हुँदा मधेसी जनअधिकार फोरमका समर्थकले माओवादीका कार्यकर्तालाई कुटपिट गर्दा ५ जना महिलासहित २७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेहरूमा रौतहट पोठियाही गाविसका वाइसिएल इलाका संयोजक रामाकान्त जयसवाल, सरमुजवा गाविसका एसिएम नर्मधेश्वर उपाध्याय, चन्द्रनिगाहपुर गाविस–१ की २० वर्षीया सरस्वती उप्रेतिलगायतका थिए ।

Promo-01

आमसभास्थलमा ६, गौर नगरपालिका क्षेत्रभन्दा बाहिर हजममिनिया गाविसमा ११, मुडवलवा गाविस जाने बाटोमा दुई, लक्ष्मीपुर बेलविछुवा गाविसमा दुई जना गरी जम्मा २१ ओटा लास फेला परेका थिए । उपचारको क्रममा गौर अस्पतालमा चार र भरतपुर लैजाँदै गर्दा बाटोमा दुई गरी जम्मा २७ जनाको मृत्यु भएको थियो ।

गौर नगरपालिका–९ बरेवा चोकमा ११–१२ जनालाई मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले कुटपिट गरी एकै ठाउँमा जम्मा पारेर मट्टीतेल खन्याई सलाई खोज्दै गरेको अवस्थामा प्रहरीले हवाई फायर गर्दै उद्धार गरेको थियो ।

घटना भएको १५ वर्ष पूरा हुँदासमेत पनि पीडितले न्याय नपाउँदा दण्डहीनता कायमै रहेको भनी मानव अधिकारकर्मीहरूले विभिन्न मञ्चबाट सरकार तथा अन्य सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।

घटना लगत्तै मृतक त्रिलोकप्रताप सिंहका बुुबा श्रीनारायण सिंह र ओसी अख्तरका आमा रोक्साना खातुनले सांसद मोहम्मद आफताव आलमसहित राजपुर नपा–४ का ४६ वर्षीय महताब आलम, मोविन आलम, शेख भदई र राजपुर नपा–६ का ३४ वर्षीय शेख सरोज विरुद्ध किटानी उजुरी दिनु भएको थियो ।

उजुरी पश्चात प्रहरीले अफताब आलमलाई ०७६ असोज २६ गते गिरफ्तार गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई ०७६ कातिक २९ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आलाम पुर्पक्षका लागि नक्खु कारागारमा रहेको प्रहरीले जनायो ।

उक्त घटनाका सम्बन्धमा इन्सेकलगायतका संस्थाहरूले स्थलगत अध्ययन गरी ०७५ वैशाख २४ गते संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

Promo-05

अन्य

भिडियो