INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्व उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढी उपमहानगरपालिका–१५ का २६ वर्षीय बाबुराम चौधरी विरुद्व चैत ६  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

चैत ५ गते आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले दिदीलाई भनेपछि पीडित पक्षले स्थानीय प्रहरी चौकीमा खबर गरेको वडाध्यक्ष फुलराम चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

Promo-01

पीडित पक्षले दिएको उजुरीका आधारमा चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको भएपनि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेम खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो